Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विमान दुर्घटना स्थलबाट घाइतेको अवस्था बुझ्न सिधै अस्पताल पुगे प्रधानमन्त्री मोदी

विमान दुर्घटना स्थलबाट घाइतेको अवस्था बुझ्न सिधै अस्पताल पुगे प्रधानमन्त्री मोदी

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिजो एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको स्थान अहमदाबाद पुगेका छन् ।

दुर्घटना स्थलपछि प्रधानमन्त्री मोदी एक मात्र बाच्न सफल यात्रु रमेशलाई भेट्न सिभिल अस्पताल पुगेका छन्।

बिहीबार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो। लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा खसेको थियो।

एयर इन्डियाले २४२ जना सवार मध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए।

भारतीय मूलका एक बेलायती यात्रु यस घटनामा बाँच्न सफल भएका छन्।

यस दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ।

बिहीबार १ :३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो।

उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खसेको थियो। विमानमा क्रुसहित २४२ जना सवार थिए।

जसमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक थिए। विदेशीमध्ये पनि ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानाडाका नागरिक थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077