काठमाडौं । इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ ।
इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो ।
इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी समेत दिएका थिए ।
इरानले प्रहार गरेको ड्रोनको जवाफ दिन इजरायली वायुसेनाले लडाकु विमान तयारी अवस्थामा राखेको छ । यसअघि, इजरायलले इरानमा गरेको हवाइ आक्रमणका क्रममा वरिष्ठ इरानी सैन्य अधिकारी तथा आणविक वैज्ञानिक मारिएका थिए ।
इजरायलले यस कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको थियो ।
यसको जवाफमा इरानले ‘अपरेशन ट्रु प्रोमिस’ नामक ड्रोन आक्रमण गरेको जनाइएको छ ।