काठमाडौं । शुक्रबार थाइल्यान्डमा एयर इण्डियाको एउटा विमान आपत्कालीन अवतरण गरिएको छ।
शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्कालीन अवतरण गर्नुपरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई–३७९ विमान शुक्रबार टेकअपलगत्तै अवतरण गरिएको थियो ।
शुक्रबार बिहान ९ः३० बजे (०२३०) फुकेट विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको विमान अण्डमान सागरको परिक्रमा गरेपछि सोही विमानस्थलमा फर्किएर आपतकालीन अवतरण गरेको थियो ।
फ्लाइट ट्रयाकर फ्लाइटराडार२४ का अनुसार, उक्त विमान शुक्रबार बिहान फुकेट अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो । तर, २० मिनेटको उडान पछि, यो अण्डमान सागरको परिक्रमा गर्यो र स्थानीय समय अनुसार बिहान ११ः३८ बजे फुकेट विमानस्थलमा आपतकालीन अवतरण गर्यो।
यद्यपी प्रारम्भिक खोजी पछि, अधिकारीहरूले एयर इन्डियाको विमान भित्र कुनै बम फेला नपरेको बताइएको छ ।