Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गृहमन्त्रीको विषयलाई लिएर संसदीय समितिमा पनि भनाभन

गृहमन्त्रीको विषयलाई लिएर संसदीय समितिमा पनि भनाभन

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा पनि भिजिट भिसा प्रकरणको विषय उठाएपछि सांसदहरुबीच खैलाबैला भएको छ ।

सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीले संसदीय समितिमा मानव तस्करी विरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको अभिब्यक्ति दिएका थिए ।

राज्यका निकायको मिलेमतोमा नेपाली नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको बताउँदै उनले भने, ‘भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ?’

सांसद पराजुलीको यो अभिब्यक्तिप्रति सत्तापक्षका संसादहरुले आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको भन्दै रुलिङ गर्न माग गरे ।

कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

रास्वपा र कांग्रेस सांसद्बीचको विवादपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानव तस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो भन्दै प्रश्न गरेका थिए ।

लगत्तै रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077