काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसले आगामी असार १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सुचना जारी गरेर असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन् ।
कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म बसेको थियो ।