Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सभापति देउवा भन्छन् - कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ

सभापति देउवा भन्छन् - कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको बाटो संकल्प र कार्यान्वयनको भएकाले कुरामा नभई काममा ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताए ।

उनले समावेशी नेतृत्व विकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम विस्तार गर्नु पर्नेमा जोड दिए ।

समावेशी नेतृत्व विकासका लागि पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपांगता सवालहरू स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077