Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सदन खुल्छ, रास्वपासँग विमति र आरोप प्रत्यारोप हुँदैन : प्रचण्ड

सदन खुल्छ, रास्वपासँग विमति र आरोप प्रत्यारोप हुँदैन : प्रचण्ड

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन खुल्ने बताएका छन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सदन खुलाउने विषयमा सत्तापक्षसँग हस्ताक्षर गर्ने तयारी भइरहेको बताए ।

हस्ताक्षरको अन्तिम तयारीमा रहेको बताउँदै उनले भने, ‘हस्ताक्षर हुन्छ। हाउस खुल्छ ।’

प्रचण्डले रास्वपाका केही अडानका कारणले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए ।

रास्वपाबीच मतभेद नभएको बताउँदै उनले भने, ‘आफ्नै अडानका कारण सायद उहाँहरू आफ्नो ढंगले जानुहुन्छ। हाम्रोबीच विमति र आरोप प्रत्यारोप हुँदैन ।’

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077