Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो दलेपछि सुरक्षामा थप कडाई

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो दलेपछि सुरक्षामा थप कडाई

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई मोसो दलेपछि न्यायाधीशहरुको सुरक्षामा थप कडाई गरिएको छ ।

बिहीबार न्यायाधीश थारुको कार्यकक्षमै पुगेर नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले मोसो दलेका थिए ।

थारुलाई मोसो दलेका बेला उनका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) विदामा थिए ।

न्यायाधीश थारुको कार्यकक्षमै पुगेर नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले मोसो दलेपछि न्यायाधीशको सुरक्षमा थप कडाई गरिएको छ ।

यसअघि खटिँदै आएका न्यायाधीशहरुका पीएसओ पनि फेरिएको छ । न्यायाधीश थारुका साथै सबै न्यायाधीशको पीएसओलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077