काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गुटतन्त्रको रक्षाका लागि समझदारी गरेको बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको माओवादी केन्द्रले केहिबेर अघि सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको अवरुद्ध सदन खुलाउनको लागि सहमति गरेको छ ।
त्यसै प्रसंगमा आज बसेको संसद् बैठकमा भाग लिँदै लिङ्देनले प्रचण्डलाई भने, ‘प्रमुख प्रतिपक्ष वीरतापूर्वक पछाडि हट्यो। गणतन्त्रको रक्षाका लागि होइन, गुटतन्त्रको रक्षाका लागि यो समझदारी भयो ।’