Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एयर इन्डिया विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो

एयर इन्डिया विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो

शुक्रवार , जेठ ३१, २०८२

एजेन्सी । भारतको अहमदाबाद शहरको मेहगनिनगर क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त एयर इन्डिया विमानको ब्ल्याक बक्स रेकर्डर फेला परेको छ ।

अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

सो विमान ब्ल्याक बक्स शुक्रबार फेला परेको हो । विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु थिए। एक जना व्यक्ति चमत्कारिक रूपमा बाँच्न सफल भएका छन् ।

अहिलेसम्म २६५ जनाको शव गणना भएको र दुर्घटनास्थलमा कम्तीमा २४ जना गैरयात्रीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077