Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्व टेस्ट च्याम्पियनशिपमा दक्षिण अफ्रिका जित नजिक

विश्व टेस्ट च्याम्पियनशिपमा दक्षिण अफ्रिका जित नजिक

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका जित नजिक पुगेको छ ।

अष्ट्रेलियासँगको फाइनल खेलमा दक्षिण अफ्रिका एडेन माक्रारमको शतकसँगै उपाधि नजिकै पुगेको हो ।

उपाधि जित्न २८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रन बनाएको अवस्था छ ।

माक्ररम १ सय २ रनमा अविजित छन् । कप्तान टेम्बा बभुमा पनि ६५ रनमा क्रिजमा छन् । दक्षिण अफ्रिकालाई अब उपाधि जित्न ६९ रन आवश्यक छ । उसँग ८ विकेट छ । अझै दुई दिनको खेल बाँकी नै छ ।

अष्ट्रेलियाले समग्रमा २ सय ८२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077