एजेन्सी । अमेरिकाले इरानमाथि इजरायलले गरेको आक्रमणबारे आफूलाई पूर्वजानकारी रहेको प्रतिक्रिया दिएको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा अमेरिकी प्रतिनिधि म्याकोई पिटले आक्रमणपूर्व इजरायलले अमेरिकालाई जानकारी गराएको बताएका हुन् ।
इजरायलले आत्मरक्षाका लागि आक्रमण आवश्यक रहेको बताएको अमेरिकाले भनेको छ ।
“यी आक्रमणबारे अमेरिका पहिले नै जानकार थियो । तर, अमेरिकाले उक्त आक्रमणमा कुनै पनि प्रकारको सैन्य सहयोग गरेको छैन,” पिटले भने ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे नयाँ सम्झौता गर्न आग्रह गरेका छन् ।