Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब

आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब

शनिवार , जेठ ३२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक निःशस्त्रीकरणको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन्।

उनले आफूले इजरायललाई साथ दिने बताउँदै इरानी नेतालाई वार्ताका लागि ६१ दिनको समय दिएको भए पनि ६१ दिन पुग्दा पनि बेवास्ता गरेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार धेरै पटक इजरायलका प्रधानमन्त्री बेन्जानिम नेतान्याहुसँग वार्ता गरेको सिएनएनले जनाएको छ।

राष्ट्रपति ट्रम्पको दबाबसँगै मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले इरानी नेतालाई भेट्नका लागि गरेको प्रयास जारी नै राखेका छन्।

उनले इरानी नेतालाई वार्ताका लागि अन्तिम मौका दिएको बताउँदै यसलाई अटेर गरे दुखद अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

छैटौँ चरणको आणविक वार्ता आइतबार ओमनका गर्नका लागि तय गरिएको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा ठुलो विवाद हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077