Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु

शनिवार , जेठ ३२, २०८२

एजेन्सी । दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।

सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।

सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएका हरूको खोजी जारी राख्ने बताएका छन् ।

सहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् ।

वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म ईन्धन उत्सर्जन द्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077