Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि

दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हरायो ।

उपाधि जित्न दुई सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो पारीमा पाँच विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि ओपनगर ब्याटर एडेन माक्ररमले एक सय ३६ रनको शतकीय पारी खेले ।

यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन, कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।

अस्ट्रेलियाले समग्रमा दुई सय ८२ रन बनाएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।

यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077