एजेन्सी । इरानले इजरायलमाथि अहिलेसम्मकै ठूलो हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो ।
बीबीसीका अनुसार इरानले तेल अविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ ।
आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ ।
यसैगरी ताम्रामा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।