Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अहमदाबाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदाबाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

सोमवार , आषाढ २, २०८२

एजेन्सी । भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ भेटिएको पुष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो ।

अहमदाबादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटरको उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रूपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077