Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुख मारिए

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुख मारिए

सोमवार , आषाढ २, २०८२

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमी मारिएका छन् ।

इजरायली आक्रमणमा काजेमी बाहेक उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको दाबी गरिएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायली आक्रमणमा २२४ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, इरानले फेरि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। यसपछि हाइफा, तेल अभिभ र जेरुसेलममा विस्फोटको आवाज सुनिएको छ। इजरायलको आपतकालीन सेवाले यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077