Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार

सोमवार , आषाढ २, २०८२

एजेन्सी । इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए।

साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी  आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो।

भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ।

तेल अभिभ र जेरुसेलममा भएको सो आक्रमणको क्षति हेर्न उद्धार टोली त्यस क्षेत्रमा सक्रिय रहेको छ।

भर्खरै भएको आक्रमणमा दुई ठुला पहल भत्किएको तथा च्यापिएको उद्धार टोलीले बताएको छ। उद्धार टोली टर्च बालेर ती भवनमा खोजी गरी रहेको दृश्य रोयटर्सको भिडियोमा सार्वजनिक भएको छ।

तेल अभिभको अस्पतालले ८ जनाको उपचार भइरहेको तथा ती सबैको अवस्था सामान्य रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077