Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमा पटाका कारखानामा विस्फोट, ४ महिलाको मृत्यु

भारतमा पटाका कारखानामा विस्फोट, ४ महिलाको मृत्यु

सोमवार , आषाढ २, २०८२

काठमाडौं । भारतको उत्तर प्रदेशको अमरोहामा रहेको पटाका कारखानामा विस्फोट हुँदा ४ जनाको महिलाको मृत्यु भएको छ।

विस्फोटमा ६ जना महिला पनि घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

कारखानामा विस्फोट हुनुको कारण पत्ता लाग्न सकेको छैन। प्रहरीले विस्फोटको कारणको अनुसन्धान गरिरहेको बताएको छ।

अमरोहका एसपी अमित कुमार आनन्दले भने, ‘चार महिलाको मृत्यु भएको छ। उनीहरूको शव पोस्टमार्टमको लागि पठाइएको छ। ६ महिला घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077