काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ ।
सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनायो ।
नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन बनाए । ओपनर माइकल लेभिटले २० र अर्का ओपनर म्याक्स ओ‘डोडले १९ रन थपे ।
जाच लायन क्याच्टले ११ रन जोडे । साकिब जुल्फिकर २५ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।
चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । कुशल भुर्तेल र ललित राजवंशीले समान एक विकेट लिए ।