Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायल–इरान द्वन्द्व : जी–७ शिखर सम्मेलन छोडेर ह्वाइट हाउस फर्किंदै ट्रम्प

इजरायल–इरान द्वन्द्व : जी–७ शिखर सम्मेलन छोडेर ह्वाइट हाउस फर्किंदै ट्रम्प

मंगलवार , आषाढ ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा भइरहेको जी–७ शिखर सम्मेलन बीचमै छोडेर स्वदेश फर्किने भएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले धेरै महत्वपूर्ण कार्यहरूमा ध्यान दिनुपर्ने भएकाले राष्ट्रपति ट्रम्प ह्वाइट हाउस फर्किन लागेको बताएकी हुन् ।

सामाजिक संजाल एक्समा एक पोष्ट गर्दै लिभिटले मध्यपूर्वमा भइरहेको घटनाक्रमको कारण राष्ट्रपति ट्रम्पले आज राति जी–७ शिखर सम्मेलनमा सहभागी सरकार प्रमुखहरूसँग खाना खाएपछि छिटो फर्किने उल्लेख गरेकी छन् ।

केही समयअघि ट्रम्पले सामाजिक संजालमा पोष्ट गर्दै अमेरिका प्रथम नीति अन्तर्गत इरानलाई परमाणु हतियार राख्न नदिने पनि सन्दर्भ भएको बताएका थिए ।

इजरायली सेनाले सैन्य उत्तर-पूर्वी तेहरानका केही भागहरू खाली गर्ने चेतावनी जारी गरेको छ । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077