Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिदेशीय टी–२० क्रिकेट सिरिज : दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल

त्रिदेशीय टी–२० क्रिकेट सिरिज : दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल आज घरेलु टोली स्कटल्यान्डसँग भिड्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा सुरू हुनेछ ।

नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

त्यस्तै हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो । तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अङ्क छ ।

नेपालले आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077