Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरेलविरुद्ध जितिरहेको इरानका जनतामा त्रास, तेहरान छोड्ने तयारी

इजरेलविरुद्ध जितिरहेको इरानका जनतामा त्रास, तेहरान छोड्ने तयारी

मंगलवार , आषाढ ३, २०८२

एजेन्सी । परमाणु केन्द्रहरू र हवाई अखडाहरूमा भएका भन्दा आवासीय भवनहरूमा भएको क्षतिले इरानका मानिसहरूलाई सबैभन्दा धक्का लागेको छ ।

बीबीसी न्यूज पर्सिअनका पौयान कलानीका अनुसार भग्नावशेषमा थिचिएका बालक, सडकमा धुलोमैलोले लतपतिएको टेडी बेअर र छरपस्ट स्केचबुक – यस्ता दृश्य उनीहरूले इरान–इराक युद्धयता देखेका थिएनन्।

इरानका जनतामा त्रास र अन्योल हुनुको यस्तो हमलापछि धेरैलाई यी प्रश्नहरू सोध्ने अग्रपङ्क्तिूमा उभ्याइदिएको छ ।

केही घण्टाभित्र इजरेलले संवेदनशील ठाउँहरूमा बमबारी गर्न सक्ने गरी इरानको हवाई प्रतिरक्षा प्रणाली कसरी निष्प्रभावी भयो भन्ने कुरा बुझाउन अधिकारीहरू विफल देखिएका छन्।

इजरेलले शुक्रवार सखारै पहिलो हमला गरेको कैयौँ घण्टापछि त्यसबारे कुनै सूचना अथवा वक्तव्य जारी गरिएन। कैयौँको मनमा प्रश्न उठ्यो । के देश युद्धमा गइसकेको हो ?

बिना कुनै अवरोध इजरेली लडाकु विमानहरूले राजधानी तेहरान र अरू सहरहरूमा कसरी हमला गर्न सके भन्नेबारे कुनै पनि अधिकारीले स्पष्ट पारेनन्।

आफ्नो भिडिओ सन्देशमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सशस्त्र फौजहरूले शक्तिका साथ अगाडि बढ्ने र दुष्ट यहुदी सत्तालाई घुँडा टेकाउनेू घोषणा गरे।

तेहरान छोड्ने तयारीस्वरूप तेल भर्न कतिपय मानिसहरू पेट्रोल पम्पहरूअगाडि लाइनमा बस्न थालेका छन्। अभाव हुन सक्ने भन्दै खानेकुरा किन्न अथवा चामल र तेल जगेडा राख्ने कुरा गर्न थालेका छन् ।

कैयौँ घण्टापछि इरानका आन्तरिक मामिलामन्त्रीले सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सम्बोधन गर्दै भनेका छन्, ‘शान्त रहनुहोस् । इन्धनबारे तनाव नलिनुहोस्स आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहोला । अनावश्यक यात्रा नगर्नुहोला र आपत्कालीन सेवासँग समन्वय गर्नुहोला।’
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077