Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालको उत्कृष्ट बलिङमा स्कटल्यान्ड ९७ रनमा 'अलआउट'

नेपालको उत्कृष्ट बलिङमा स्कटल्यान्ड ९७ रनमा 'अलआउट'

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ९७ रनमा समेटेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई १९.३ ओभरमै अलआउट गराएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ४ विकेट लिएर ११ रन मात्र दिएका थिए ।

त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले १ विकेट लिए । एक ब्याट्सम्यान रनआउट भएका थिए। स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् ।

नेपालले श्रृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077