Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीए तेस्रो वर्षको परीक्षा दिंदै रचना, भन्छिन्–सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि राम्रो गर्ने प्रयास गर्नेछु

बीए तेस्रो वर्षको परीक्षा दिंदै रचना, भन्छिन्–सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि राम्रो गर्ने प्रयास गर्नेछु

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । गायिका रचना रिमाल बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् । आन्द्राको संक्रमण भएपछि उनले केही दिन ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन् ।

शनिबार डिस्चार्ज भएकी उनले घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । यस क्रममा उनी परीक्षा दिन परीक्षा केन्द्रमा पुगेकी हुन् ।

स्वास्थ्य समस्याले सोचेअनुसार तयारी गर्न नसकेको रचना आफैले सामाजिक सञ्जालफेसबुकमार्फत बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘बीए तेस्रो वर्षको वार्षिक परिक्षा आजबाट सुरु भएको छ । स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’

गतसाता सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

रचनाले सांगीतिक करिअर र औपचारिक अध्ययन दुवैलाई एकसाथ अघि बढाइरहेकी छन् । प्रशंसकले पनि उनको हिम्मत र लगनशीलताको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077