Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता : इरान–इजरायल द्वन्द्व र क्वाड सम्मेलनबारे छलफल

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता : इरान–इजरायल द्वन्द्व र क्वाड सम्मेलनबारे छलफल

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ ।

विदेश सचिव विक्रम मिश्रीका अनुसार जी–सेभेन शिखर सम्मेलनको साइडलाइनमा प्रस्तावित भेटघाट स्थगित भएपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा टेलिफोन वार्ता भएको हो ।

प्रधानमन्त्री मोदीले वार्ताको क्रममा हालैको 'अपरेशन सिन्दूर' सम्बन्धी विस्तृत जानकारी दिँदै भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकवादी शिविरमाथि लक्षित कारबाही गरेको स्पष्ट पारे ।

उनले भारतको प्रतिक्रिया सन्तुलित, सटीक र गैर–उत्तेजक भएको र आतंकवादविरुद्धको कारबाही निरन्तर जारी रहने दृढ संकल्प पनि व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले मे ९ को रातमा अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगको संवाद उल्लेख गर्दै पाकिस्तानबाट सम्भावित आक्रमणको चेतावनीपछि भारतले निर्णायक जवाफ दिएको जानकारी गराए । उनले भारतको सैन्य कारबाहीबाट पाकिस्तानका हवाई अड्डा लगायतका सैन्य संरचनामा उल्लेखनीय क्षति पुगेको पनि उल्लेख गरे ।

मोदीले भारत र पाकिस्तानबीचको द्वन्द्वमा कुनै तेस्रो पक्षीय मध्यस्थता नचाहिने बताए । उनले भारतले कहिल्यै पनि मध्यस्थता स्वीकार नगर्ने दृढता प्रकट गर्दै यसमा सम्पूर्ण राजनीतिक सहमति रहेको धारणा राखे ।

वार्ताका क्रममा दुवै नेताबीच इरान–इजरायलबीच चुलिँदो तनावबारे पनि गम्भीर छलफल भएको बताइएको छ। साथै, रुस–युक्रेन द्वन्द्वको सन्दर्भमा दुई नेताले शान्तिको लागि प्रत्यक्ष वार्ता आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय प्रयास जारी राख्नुपर्नेमा जोड दिएका छन्।

हिन्द–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनबारे समेत छलफल गर्दै, प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पले क्वाडको भूमिकालाई महत्वपूर्ण बताउँदै आगामी क्वाड शिखर सम्मेलनमा सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले ट्रम्पलाई भारत भ्रमणको निमन्त्रणासमेत दिए । जसलाई ट्रम्पले सहर्ष स्वीकार्दै भारत भ्रमणमा उत्साहित रहेको बताएको विदेश सचिव मिश्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077