Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरान–इजरायल युद्धले बढ्न थाल्यो कच्चा तेलको मूल्य

इरान–इजरायल युद्धले बढ्न थाल्यो कच्चा तेलको मूल्य

बिहिवार , आषाढ ५, २०८२

एजेन्सी । इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेको छ ।

मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मूल्य उकालो लागेको हो ।

इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ ।

विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७७ अमेरिकी डलर पुगेको हो । विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ ।

यस्तै मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६.७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६.१८ डलरमा कारोबार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077