एजेन्सी । इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा ठूलो क्षति भएको छ।
इरानले गयराति गरेको मिसाइल आक्रमणबाट इजरालले अलग अलग सहरमा ठूलो क्षति व्यहोरेको हो ।
इर्ना समाचार एजेन्सीले टेलिग्राममार्फत जानकारी दिएअनुसार बुधबार बिहान गरिएको क्षेप्यास्त्र आक्रमणबाट इजरालयी सेनाको कमान्डलाई निशाना बनाइएको थियो ।
त्यसक्रममा इजरायली सेनाको कमाण्ड, गुप्तचर मुख्यालय (आईडीएफ सीफोरआई)र गा -याम प्रविधि पार्कस्थित सैनिक गुप्तचर शिविरमा ठूलो क्षति पुगेको छ।
त्यसैगरि इरानले बेर शेभा शहरस्थित सोरोका अस्पताललाई पनि निशाना बनाइएको छ । उक्त अस्पतालको बेसमेन्टलाई इजरायली सेनाले ब्यारेकका रुपमा उपयोग गरेको आरोपमा इरानले मिसाइल हानेको हो ।
समाचार एजेन्सीलेले भनेका छन्, 'अस्पतालमा क्षेप्यास्त्र आक्रमणबाट उत्पन्न कम्पनका कारण सामान्य क्षति पुगेको छ । इजरायली सैनिक पूर्वाधारहरूमा सटीक निशाना साँधिएको थियो थिए ।'
मिसाइलले होलोनमा केही भवनहरूमा गम्भीर क्षति भएको छ । मिसाइलले लागेर एउटा भवन त ढलेको छ। अर्को आक्रमणस्थल सोरोका अस्पतालको नजिकै थियो।
यो अस्पताल इजरायलको सबैभन्दा ठूला अस्पतालहरूमध्ये एक हो । अहिले गाजामा जारी युद्धमामा धेरै घाइते सैनिकहरू यही अस्पतालमा छन् ।
इरानले अस्पताललाई लक्षित नगरी त्यसको छेउको भवनमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। उक्त भवनमा गम्भीर क्षति पुगेको छ । स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई त्यस क्षेत्रमा नजान भनेका छन् ।
अहिले पनि उद्धार टोली भवन र भग्नावशेषभित्र फसेकाहरूलाई निकाल्न खोजी कार्य गरिरहेका छन् । हालसम्म २५ जना घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ।
इरानको भिषण हमलापछि इजरायली मन्त्री आक्रोशित भएका छन् । इरानले सोरोका अस्पतालमा क्षेप्यास्त्र हानेर ‘रेड लाइन’ पार गरेको इजरायली स्वास्थ्य मन्त्रीले बताएका छन् ।
इजरायली स्वास्थ्य मन्त्री उरिएल बुशो ले इरानले बे’र शेभाको सोरोका अस्पतालमा क्षेप्यास्त्र प्रहार गरी ‘रेड लाइन’ पार गरेको बताएका छन्।
‘यो इरानी शासकद्वारा गरिएको युद्ध अपराध हो,’ उनले इजरायली आर्मी रेडियोमार्फत् भनेका छन् । इजरायली सञ्चारमाध्यमहरूले पछिल्लो इरानी आक्रमणपछि सोरोका अस्पतालमा ठूलो क्षति भएको बताएका छन् ।