Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो ।

नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका बेन फ्लेचर, आयर्न दत्त, जाच लायोन क्याच्ट र रोइलोफ भान डेर मार्वेले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा थियो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।

नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

जारी शृंखलाको पहिलो खेलमा नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालले तेस्रो सुपर ओभरमा गएर नेदरल्यानड्ससँग हार व्यहोरेको थियो।

दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो। नेपालले टी-२० शृंखलाको अन्तिम खेल घरेलु टिम स्कटल्यान्डसँग शुक्रबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077