Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डसँग टस हारेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ। करण केसीको स्थानमा रिजन ढकालले प्लेइङ सेटमा स्थान बनाएका छन्।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँगको खेलमा तेस्रो सुपर ओभरमा गएर हार बेहोरेको थियो।

दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले हराएको नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो। यो खेल जित्ने टिमले यो शृंखलाको उपाधि जित्नेछ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077