Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलेर स्वदेश फर्किएको छ ।

आइतबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका हुन् ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका चारमध्ये तीन खेलमा नेपाल विजयी भएको थियो ।

त्यस्तै, लिग टु अन्तर्गतको सिरिजपश्चात भएको टी ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इन्डिजसँग टी ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077