Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘दुश्मन हेरेको हेर्‍यै’ गीतले पायो १० करोड भ्युज, प्रधानमन्त्रीले दिए दुर्गेशलाई बधाई

‘दुश्मन हेरेको हेर्‍यै’ गीतले पायो १० करोड भ्युज, प्रधानमन्त्रीले दिए दुर्गेशलाई बधाई

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । लोकप्रिय गायक दुर्गेश थापाको भाइरल गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले युट्युबमा १० करोड (१०० मिलियन) भ्युजको कीर्तिमानी सफलता हात पारेको छ ।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापा र उनको सिर्जनाको प्रशंसा गर्दै बधाई दिएका छन् ।

उनले लेखेका छन्, 'आजको नयाँ पिँढीले बेग्लै स्वादका गीतर संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेको हेर्‍यै' गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई ।'

थापाको गीतले छोटो समयमै यस्तो ठूलो दर्शक संख्याको कीर्तिमान बनाउनु नेपाली संगीत क्षेत्रमा दुर्लभ मानिन्छ । गीत सार्वजनिक भएको पाँच महिनाभित्रै युट्युबमा १० करोड पटक हेरिनु नेपाली पॉप संगीतमा ऐतिहासिक उपलब्धि हो ।

यो गीतले युवा पुस्तामाझ मात्र होइन, देश–विदेशमा रहेका नेपालीहरू माझ पनि अत्यधिक लोकप्रियता बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077