Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धन्यवाद केपी बा, मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपियो : दुर्गेश थापा

धन्यवाद केपी बा, मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपियो : दुर्गेश थापा

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । गायक दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

आइतबार राति फेसबुकमार्फत गायक थापाको 'दुश्मन हेरेको हेर्‍यै' गीतको भ्युज पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको भन्दै प्रधानमन्त्री ओलीले थापालाई बधाई दिएका थिए ।

सोही पोष्टलाई रिसेयर गर्दै गायक थापाले प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्युले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा १० करोड भ्युजको सफलताप्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।'

उनले देशको प्रधानमन्त्रीले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिनेको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको बताए। थापाले प्रधानमन्त्रीको शब्द केवल एउटा बधाई मात्र नभए नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन रहेको समेत जिकिर गरेका छन्।

'उनको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो। म प्रधानमन्त्रीज्युप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो सबै मेरो भगवान रूपी दर्शकहरूको मायाले सम्भव भएको हो । धन्यवाद, मेरा दर्शक–श्रोताहरू। धन्यवाद प्रधानमन्त्रीज्यु, केपी बा !', उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077