Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चितवन राइनोजद्वारा एनपीएल दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन, ६ रिलिज !

चितवन राइनोजद्वारा एनपीएल दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन, ६ रिलिज !

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि चितवन राइनोजले आफ्नो टोलीको पुनर्संरचना प्रक्रिया सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक सूचिअनुसार राइनोजले ६ खेलाडीलाई रिटेन गर्दै ६ खेलाडीलाई रिलिज गरेको छ।

रिटेन खेलाडीमा राष्ट्रिय टोलीका युवा आक्रमक ब्याट्सम्यान तथा मार्की खेलाडी कुशल मल्ल प्रमुख रहेका छन्। उनीसँगै रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी पनि टिममै यथावत् रहनेछन्।

त्यसैगरी, अनुभवि खेलाडी शरद भेषवाकर, दिपेश श्रेष्ठ, बिपिन रावल, सन्तोष कार्की, रञ्जीत कुमार र सलाउद्दिन खानलाई चितवन राइनोजले रिलिज गरेको छ।

यसअघि सुदूरपश्चिम रोयल्सले पनि आफ्नो रिटेन र रिलिज खेलाडीको नाम सार्वजनिक गरिसकेको छ। एनपीएलको दोस्रो सिजनलाई लिएर टिमहरूबीच तयारी तीव्र हुँदै गएको छ। आगामी दिनमा अन्य टिमहरूले पनि आफ्नो सूची सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077