Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली रक्षामन्त्रीको दाबी - इरानमा पूर्ण शक्तिसहित आक्रमण गरिरहेका छौँ

इजरायली रक्षामन्त्रीको दाबी - इरानमा पूर्ण शक्तिसहित आक्रमण गरिरहेका छौँ

सोमवार , आषाढ ९, २०८२

एजेन्सी । इजरायली रक्षा बलले इरानको राजधानी तेहरानमा अवस्थित उच्चस्तरीय सैनिक र सरकारी संरचनाहरूमाथि ‘पूर्ण शक्ति’ सहितको हवाई आक्रमण गरिरहेको छ ।

इजरायली रक्षा मन्त्री इसराइल काट्जका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको निर्देशनमा शुरू भएको आक्रमण अभियान अन्तर्गत तेहरानको बसीज मुख्यालय, एविन जेल, फिलिस्तीन स्क्वायरस्थित ‘इजरायल विनाश’ घडी, रिभोल्युसनरी गार्ड्सको आन्तरिक सुरक्षा मुख्यालय र विचारधारा मुख्यालयलगायतका स्थानलाई लक्षित गरिएको हो ।

काट्जले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इजरायली नागरिकमाथि दागिएको प्रत्येक मिसाइलको मूल्य इरानी तानाशाहले तिर्नुपर्नेछ । यी आक्रमणहरू पूर्ण शक्ति र निरन्तरताका साथ जारी रहनेछन् । हामी आफ्ना नागरिकको सुरक्षा र शत्रुलाई परास्त नगरेसम्म पछि हट्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077