Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायल–इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

इजरायल–इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् ।

ट्रम्पका अनुसार युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने भएको हो ।

“इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ,” राष्ट्रपतिले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077