Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तेहरानमा इजरायली आक्रमण : युद्धविरामको दाबी बीच इरानमा एकपछि अर्को हमला

तेहरानमा इजरायली आक्रमण : युद्धविरामको दाबी बीच इरानमा एकपछि अर्को हमला

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । इरानको राजधानी तेहरानमा इजरायलले मंगलबार बिहान एकपछि अर्को गर्दै विभिन्न स्थानमा आक्रमण गरेको इरानले दाबी गरेको छ ।

स्थानीय समयअनुसार बिहानैदेखि इजरायली सेनाले तेहरानको मेहरान, जिल्ला ६ र जिल्ला ७ का क्षेत्रमा लक्षित सैन्य कारबाही थालेको हो।

यसअघि इजरायली सेनाले जिल्ला ६ का बासिन्दालाई सतर्क रहन चेतावनी दिँदै सम्भावित सैन्य कारबाहीबारे सूचना सार्वजनिक गरेको थियो। जिल्ला ७ मा समेत खाली गर्न निर्देशन दिइएको थियो ।

यो आक्रमण अमेरिकाले युद्धविराम लागू भएको दाबी गरेको ठीक पछिल्लो समयमा भएको हो। इजरायलले भने शान्ति वार्ताका सन्देशबीच इरानमाथि प्रत्यक्ष हमला गर्दै क्षेत्रीय तनाव थप चर्काएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077