काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज जापानविरुद्धको खेलमा पहिले बलिङ गर्दैछ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल मैदानमा भइरहेको खेलमा जापानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णयमा पुगेको हो।
विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगितामा लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिएको हो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै सशक्त सुरुआत गरेको थियो। उता, जापानले पनि आफ्नो पहिलो खेलमा भुटानलाई २१५ रनको विशाल अन्तरले पराजित गरेको थियो, जसले गर्दा आजको भिडन्त प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।
नेपाली टोलीमा प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट लगायतका प्रतिभावान खेलाडी समावेश छन् ।