Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि इरान तयार

ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि इरान तयार

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको छ ।

उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ ।

अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख गर्दै इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताएको छ ।

अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले जवाफी हमला गरेको थियो ।

यसपछि इरानले युद्धविराम गरेको समाचार आएका थिए तर उसले अस्वीकार गरेको थियो ।

इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो । तर, कतारले भने सबै मिसाइलहरू आकाशमै खसालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077