Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरानले इजरायलतर्फ हान्यो मिसाइल

इरानले इजरायलतर्फ हान्यो मिसाइल

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो ।

इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ ।

साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।

इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको जनाएको छ । ती मिसाइललाई आकासमै रोक्ने काम पनि भइरहेको सेनाले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार सतर्कताको संकेतस्वरुप इजरायलको उत्तर र दक्षिणी भागमा साइरन बजाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077