Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे ।

त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077