एजेन्सी । इजरायली आक्रमणमा परी इरानमा ६०६ जनाको मृत्यु भएको छ ।
इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार १३ जुनदेखि १२ दिनसम्म चलेको युद्धमा उनीहरुको मृत्यु भएको हो ।
साथै इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार जारी छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ ।
यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ । इजरायलतर्फ भने अहिले सम्म २८ जनाको मृत्यु भएको बताइएको छ ।