Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्पविरुद्धको महाभियोग प्रयास भारी मतले असफल

ट्रम्पविरुद्धको महाभियोग प्रयास भारी मतले असफल

बुधवार , आषाढ ११, २०८२

एजेन्सी । अमेरिकी तल्लो संसद् कंग्रेसले मंगलबार भारी मतले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रयासलाई रोक्ने निर्णय गरेको छ ।

राष्ट्रपति ट्रम्पले कंग्रेसको पूर्वस्वीकृति नलिई इरानमा सैन्य आक्रमण सुरु गरेपछि उनलाई सत्ताको दुरुपयोगको एकमात्र आरोपमा महाभियोग लगाउने प्रयासलाई अमेरिकी हाउसले मंगलबार भारी मतले रोक्ने निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन एक प्रगतिशील सांसदले प्रस्ताव लगेका थिए ।

टेक्सासका डेमोक्र्याट सांसद अल ग्रीन एक्लैले ल्याएको यो प्रस्तावले खासै बहस निम्त्याएन र उनको पार्टीमा विभाजन ल्यायो ।

अधिकांश डेमोक्र्याटहरूले रिपब्लिकनसँग मिलेर यो प्रस्ताव हाललाई स्थगित गर्ने पक्षमा मत दिए । तर, दर्जनौं डेमोक्र्याटरूले ग्रीनको प्रयासलाई समर्थन गरे । मत परिणाम ३४४–७९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077