काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ पुरुष फुटबल टिमको मुख्यप्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।
बधुबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई आगामी एएफसी यू–१६ एसियन कप छनोटको निम्ति मुख्यप्रशिक्षकमा नियुक्त गरेको हो ।
आज नै सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।
न्यौपानेले अब ताजाकिस्तानमा आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने एएफसी यू–२३ प्रतियोगितामा नेपाली टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।