Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरानमा बम खसाल्न गएका अमेरिकी बी–२ विमानले यसरी भरेका थिए आकाशमै तेल (भिडियोसहित)

इरानमा बम खसाल्न गएका अमेरिकी बी–२ विमानले यसरी भरेका थिए आकाशमै तेल (भिडियोसहित)

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । इरानका आणविक भट्टीहरूमा आक्रमण गर्न गएका अमेरिकी विमानले आकाशमै ६ पटकसम्म तेल भरेको पाइएको छ ।

अमेरिककाले १२५ वटाभन्दा बढी विमान प्रयोग गरेर आइतबार इरानका आणविक भट्टीहरूमा आक्रमण गरेको थियो ।

फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाइएको आणविक भट्टीसहित, नतान्ज र इस्फहानमा रहेका भट्टीहरूमा प्रहार गर्न बी–२ बमवर्षक, लडाकु र आकाशमै तेल भर्न सक्ने विमान प्रयोग थिए।

फर्दोको भट्टी ध्वस्त पार्न बी–२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गरिएको थियो।

यो मिसनलाई ुअपरेसन मिडनाइट ह्यामरु नाम दिइएको थियो। सो मिसन पूरा गरेर बी–२ बमवर्षक विमान फर्किएर मिजोरी नै गए। एउटाको दुई अर्ब डलरभन्दा बढी पर्ने यी बी–२ बमवर्षक विमान अमेरिकाले मिजोरीकै हवाई अड्डामा राख्छ।

इरान‍मा आक्रमण गरेका बी–२ बमवर्षकले करिब ३७ घण्टा लगातार उडान भरेर लगभग २३ हजार किलोमिटर दुरी पार गरे थिए। अमेरिकाले उक्त सैन्य कारबाहीबारे सबै विवरण सार्वजनिक गरेको छैन। तैपनि ती बी–२ विमानले आकाशमै ६ पटकसम्म इन्धन भरेको बताइएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो आक्रमण हुन लागेकोबारे इरानले थाहा नपाओस् भनेर शनिबारै अमेरिकाको मिजोरीबाट एक हुल बी–२ बमवर्षक विमान पश्चिमतर्फ लागेका थिए। ती विमान ट्र्याक गर्न नमिल्ने खालका थिए। तर इरानलाई झुक्क्याउन ती विमान सार्वजनिक रूपमै ट्र्याक गर्न सकिने गरी प्रशान्त महासागरतर्फ उडे।

मिजोरीबाट एक हुल विमान पश्चिमतर्फ उडेकै समयमा, अरू सात वटा बी–२ बमवर्षक विमान दुई–दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे।

ती जहाज ट्र्याक गर्न नमिल्ने गरी नै झन्डै १८ घन्टा उडेर इरान पुगे। अनि ६ वटा बी–२ विमानले फर्दोमा १२ वटा जिबियू–५७ बम प्रहार गरे। अर्को एउटाले नतान्जमा दुइटा बम खसाल्यो।

शक्तिशाली देशका बमवर्षक मात्रै नभएर लडाकु विमान पनि युद्धका बेला आकाशमै तेल हाल्न मिल्ने गरी बनाइएका हुन्छन्। अमेरिकी राष्ट्रपति चढ्ने ‘एअर–फोर्स–वान’ विमानमा पनि आकाशमै इन्धन हाल्न मिल्छ।

बी–२ मा दुई जना पाइलट हुन्छन्। सन् २००१ मा न्यूयोर्कमा आतंककारी हमला भएपछि अफगानिस्तानमा बम खसालेका दुई पाइलटसँग पछिल्ला दिनमा विभिन्न मिडियाले कुरा गरेका छन्।

उनीहरूले सो आक्रमणका लागि लगातार ४४ घन्टा उडेर सबभन्दा लामो समयसम्म बी–२ विमान उडाउने कीर्तिमान राखेका छन् ।

यो मिसनलाई ुअपरेसन मिडनाइट ह्यामरु नाम दिइएको थियो। सो मिसन पूरा गरेर बी–२ बमवर्षक विमान फर्किएर मिजोरी नै गए। एउटाको दुई अर्ब डलरभन्दा बढी पर्ने यी बी–२ बमवर्षक विमान अमेरिकाले मिजोरीकै हवाई अड्डामा राख्छ।

इरान‍मा आक्रमण गरेका बी–२ बमवर्षकले करिब ३७ घण्टा लगातार उडान भरेर लगभग २३ हजार किलोमिटर दुरी पार गरे थिए। अमेरिकाले उक्त सैन्य कारबाहीबारे सबै विवरण सार्वजनिक गरेको छैन। तैपनि ती बी–२ विमानले आकाशमै ६ पटकसम्म इन्धन भरेको बताइएको छ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077