Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानको आणविक स्थलमा गम्भीर क्षति पुगेको मेरिकी गुप्तचर निकायको दावी

इरानको आणविक स्थलमा गम्भीर क्षति पुगेको मेरिकी गुप्तचर निकायको दावी

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक जोन रेटक्लिफले अमेरिकी आक्रमणले इरानको प्रमुख आणविक स्थल नष्ट गरेको दावी गरेका छन् ।

अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको बताउँदै उनले इरानको आणविक स्थलमा गम्भीर क्षति पुर्‍याएको दावी गरेका हुन् ।

अमेरिकी रक्षा मुख्यालयको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदन अनुसार अमेरिकी आक्रमणबाट इरानको आणविक कार्यक्रम नष्ट नभई केही महिना पछि परेको भनिएका बेला रेटक्लिफले भने गम्भीर क्षति पुर्‍याएको दावी गरेका हुन् ।

सीएनएन र न्यूयोर्क टाइम्स जस्ता प्रमुख अमेरिकी मिडियाले पनि रक्षा गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै धेरै क्षती नभएको समाचार प्रसारण गरेका थिए ।

यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस रिपोर्टसँग सम्बन्धित समाचारलाई नक्कली भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077