एजेन्सी । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरसँगको सम्झौता नवीकरण गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डो क्लबसँगको सम्झौता दुई वर्ष लम्बाउन सहमत भएका छन् ।
नयाँ सम्झौताअनुसार, रोनाल्डो सन् २०२७ सम्म अल नासरमै रहनेछन् ।
४० वर्षीय पोर्चुगिच कप्तान रोनाल्डोको सम्झौता जुनको अन्त्यमा समाप्त हुँदैछ ।
गत महिना रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने संकेत दिएका थिए । तर, अहिले उनी क्लबमै रहन सहमत भएका छन् ।