एजेन्सी । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ ।
मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार ड्रोनहरूले सादा पोशाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेका थिए ।
उनीहरू बजारमा पसलेहरूसँग कुरा गरिरहेका थिए । ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप लगाइएको थियो ।