Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जन्मसिद्ध नागरिकताबारे आज छिनोफानो गर्दै अमेरिकी सर्वोच्च अदालत

जन्मसिद्ध नागरिकताबारे आज छिनोफानो गर्दै अमेरिकी सर्वोच्च अदालत

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला आज हुँदैछ ।

यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ताहरुले सर्वोच्चका नौ जना न्यायाधीशहरुसमक्ष आफ्नो दलील पेस गरेका थिए ।

अमेरिकी समाचारपत्रका अनुसार, अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी समय अनुसार शुक्रबार साँझसम्ममा यसको निर्णय दिने भएको छ ।

अमेरिकाको संविधानको १४ औँ संशोधनमा केही अपवादलाई छोडेर अमेरिकाभित्र जन्मने प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुने व्यवस्था गरिएको छ ।

तर वर्तमान राष्ट्रपति ट्रम्पले यो व्यवस्थालाई खारेज गर्न राष्ट्रपति भएको पहिलो दिनमै कार्यकारी निर्देशन जारी गरेका थिए ।

तर तल्लो अदालतले ट्रम्पको यो निर्देशनमाथि चुनौती दिँदै राष्ट्रपतिको यो कदम असंवैधानिक छ भनेर रोकेपछि यो मुद्दा सर्वोच्चमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077